Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

सुनको भाउ घट्दा बजार हल्का सहज, चाँदी भने बढ्यो

सुनको भाउ घट्दा बजार हल्का सहज, चाँदी भने बढ्यो

काठमाडाैं, ११ मंसिर । नेपाली बजारमा लगातार वृद्धि हुँदै आएको सुनको मूल्य बिहीबार पहिलोपटक केही घटेको छ। आज छापावाल सुनको भाउ प्रति तोला ४०० रूपैयाँले कमी भएर २ लाख ४८ हजार ४०० रूपैयाँमा स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार भने छापावाल सुनको मूल्य ९०० रूपैयाँले बढेर २ लाख ४८ हजार ८०० रूपैयाँ पुगेको थियो। मूल्यमा देखिएको उतारचढावका बीच बिहीबार सुनको भाउ घट्नुले बजारमा केही राहत मिलेको व्यवसायीहरूको भनाइ छ।

सुनमा गिरावट आए पनि चाँदीको भाउ भने बढेको छ। बुधबार प्रति तोला ३,२२० रूपैयाँमा कारोबार भएको चाँदी आज ६० रूपैयाँले बढेर ३,२८० रूपैयाँमा पुगेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *