Date

शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

आइपीओ निष्कासनका लागि निभिक्स फर्मास्युटिकल्सले डाक्यो साधारण सभा

आइपीओ निष्कासनका लागि निभिक्स फर्मास्युटिकल्सले डाक्यो साधारण सभा

काठमाडौं, २६ मंसिर । आइपीओ निष्कासनका लागि निभिक्स फर्मास्युटिकल्सले साधारण सभा डाकेको छ । कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको ।

निभिक्सले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ ।

साधारण सभापोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ । आइपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासन मार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *