Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आज ३९ औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

आज ३९ औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, ११ असोज । आज ३९औं विश्व पर्यटन दिवस ‘टुरिजम एण्ड दि डिजिटल टान्स्फर्मर’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका नीजि क्षेत्रका विभिन्न पर्यटकीय संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

सन् १९८० देखि औपचारिक रुपमा यो दिवसको सुरुवात भएको थियो । सन् १९८० मा संयुक्त राष्ट्रसंघले घोषित रुपमै आफ्नो मातहत ‘संयुक्त राष्ट्रसंघ– विश्व पर्यटन संगठन’ युनाइटेट नेसन्स–वल्र्ड टुरिज्म अर्गनाइजेसन (युएन–डब्लुटिओ) गठन गर्‍यो ।

विश्व पर्यटन दिवसको अवसरमा पर्यटन व्यवसायीहरुले पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएका छन् । नेपालमा पर्यटनको ठुलो सम्भावना रहेको भन्दै व्यवसायीहरुले उचित प्रचार, प्रसार र पूर्वाधार विकासको अभावमा पर्यटक आगमन संख्या बढाउन नसकेको व्यवसायीहरुले बताएका छन् ।

त्यस्तै दिवसकै अवसर पारेर पर्यटन व्यवसायीहरुले नेपाल घुम्न आउने पर्यटकलाई विशेष छुट दिएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x