विमान खरिदको अनियमितताबारे लेखा समितिले अध्ययन गर्ने
काठमाडौं, ११ असोज । सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरिदमा अनियमितताको विषयमा अध्ययन गर्ने भएको छ । समितिको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए ।
समितिको भोली बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने कार्यतालिका तय गरेको छ।