Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दृष्टिविहीन भएकाहरुको उपचारमा नविल फाउन्डेशनले सघाउने

दृष्टिविहीन भएकाहरुको उपचारमा नविल फाउन्डेशनले सघाउने

काठमाडौं, १२ असोज । आँखाको नानीमा समस्या भएर दृष्टिविहीन हुन पुगेका तर आर्थिक अभावमा उपचार गराउन नसकेकाहरुलाई नबिल फाउन्डेशनले सहयोग गर्ने भएको छ ।

फाउन्डेशन र तिलगंगा आँखा प्रतिष्ठान बीच भएको सम्झौता अनुसार प्रतिष्ठानद्वारा सिफारिस गरिएका व्यक्तिहरुलाई आँखाको नानी प्रत्यारोपण गर्नका लागि दुई वर्ष सम्म नबिल फाउन्डेशनले सहयोग उपलब्ध गराउने छ ।

नबिल फाउन्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरे ।

त्यस्तै नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउन्डेशनको स्थापना गरिएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x