Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मलेसिया जाने कामदारको लागत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोर्ने

मलेसिया जाने कामदारको लागत खर्च रोजगारदाता  कम्पनीले नै ब्यहोर्ने

काठमाडौं, १३ असोज । नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) को सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता  कम्पनीले नै व्यहोर्ने गरी सहमति जुटेको हो ।

दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको छलफलमा यस्तो सहमति जुटेको हो। यो सहमतिसँगै मलेसियामा नेपाली श्रमिकका लागि चार महिनादेखि रोकिएको रोजगारी खुल्ने निश्चित भएको छ।

दुई पक्षले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेपछि कुटनीतिक माध्यमबाट मस्यौदामा हस्ताक्षर गर्ने मिति तय हुनेछ। नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीहरूबीच छलफल भएको थियो।

छलफलमा मलेसियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीहरु सहभागिता रहेको थियो। दुई देशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा केन्द्रीत भएर छलफल भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x