Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं, १४ असोज । गरिमा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले (नेप्से)ले बैंकको गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य १८७ रुपैयाँ २७ पैसा निर्धारण गरेको हो ।

समायोजित मूल्यलार्इ आधार मानेर बैंकको आइतबार सेयर कारोबार सूचारू हुनेछ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २१८.१४ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

गरिमाले शेयरधनीहरुलाई गत बर्षको कमाईबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा ३.७५ प्रतिशत नगद गरि कूल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x