चन्द्रागिरी हिल्सलाई उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार

काठमाडौं, २० असोज । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा चन्द्रागिरी हिल्स प्रालिले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यको पुस्कार पाएको छ ।

शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका हुन ।

कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई नेपाल र भारतबीच ‘बेष्ट कनेक्टिगं एअरलाइन्स् अवार्ड’, मझोगं क्यासिनोलाई ‘बेष्ट क्यासिनो अवार्ड’ बाट पुरस्कृत गरिएको छ । त्यस्तै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा व्यक्तिगतरुपमा योगदान दिएवाफत सोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *