Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताका सेयर बजार २९ अंकले घट्यो

साताका सेयर बजार २९ अंकले घट्यो

काठमाडौं, २० असोज । यस साता सेयर बजारमा २९.३४ अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार १२५६.७१ बिन्दुमा रहेको बजार अन्तिम दिन सम्म आइपुग्दा २९.३४ अंकको गिरावट सहित १२२७.३७ बिन्दुमा झरेको छ।

पाँच कारोबार दिनमा मंगलबार बाहेक अन्य दिन बजारमा गिरावट आएको थियो । यस साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जमा जम्मा १ सय ६६ कम्पनीको कारोबार भएको थियो भने साताको दोस्रो दिन सोमबार १ सय ६५ कम्पनीको कारोबार भएको थियो । यसैगरी मंगलबार १ सय ७१ कम्पनीको कारोबार भएको बजारमा बुधबार १ सय ६५ कम्पनीको भएको थियो भने अन्तिम दिन १ सय ६५ कम्पनीको कारोबार भएको थियो ।

यस साता कारोबार रकमको आधारमा पहिलो स्थानमा नेपाल बैक रहेको छ जसको १४ करोड ५० लाख १५ हजार रकम बराबरको कारोबार भएको छ भने दोस्रो स्थानमा यस साता एनएमबी बैक लिमिटेड रहेको छ । जसको १२ करोड ९४ लाख ९० हजार रकम बराबरको कारोबार भएको छ ।

यस साता कारोबार भएको संख्याको आधारमा जम्मा ९७ पटकको कारोबारबाट प्रभु बैक लिमिटेड नै अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा यस साता ९ सय २७ पटकको कारोबारबाट एनएमबी बैक लिमिटेड रहेको छ ।

यस साताको पहिलो दिन आइतबार १० दशमलव ४७ अंकले घटेर नेप्से परिसुचक १२५६ दशमलव ७१ अंकमा बन्द भएको थियो भने सोमबार १८ दशमलव ४ अंकले घटेर १२३८ दशमलव ६७ अंकमा बन्द भएको थियो ।  मंगलबार भने २ दशमलव ६९ अंकले बढेर १२४१ दशमलव ३६ अंकमा बन्द भएको थियो । त्यसैगरी बुधबार १० दशमलव ७६ अंकले ओरालो लागेर १२३० अंकमा बन्द भएको थियो ।  विहिबार नेप्सेमा ३ दशमलव २३ अंकले ओरालो लागेर १२२७ दशमलव ३७ अंकमा बन्द भएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x