Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लेखा समितिबाट रुष्ट मातृका यादवले उल्टै सभामुखलाई पत्र लेखे, ‘भ्रष्टाचार कहाँ भएको हो छानबिन गरिपाउँ’

लेखा समितिबाट रुष्ट मातृका यादवले उल्टै सभामुखलाई पत्र लेखे, ‘भ्रष्टाचार कहाँ भएको हो छानबिन गरिपाउँ’

काठमाडौं, २१ असोज । संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैँया कायम गर्न निर्देशन दिएपछि त्यसलगत्तै पत्रकार सम्मेलन गरी मूल्य कार्यान्वयन गर्न नसकिने अभिव्यक्ति दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले चिनीको मूल्य वृद्धिमा मिलेमतो र भ्र्रष्टाचार भएको भन्ने सार्वजनिक आरोपको छानबिन गर्न सभामुख कृष्ण बहादुर महरालाई पत्र लेखेका छन् ।

सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न नसकिने भनी जवाफदेहीताको ठाडो उल्लंघन गरेको आरोप सांसदहरुले लगाएका छन् । एक विभागीय मन्त्रीले निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै टक्टकिनु उनको जिम्मेवारीहीनताको पराकाष्ठा भएको सार्वजनिक लेखा समितिका एक सांसदले टिप्पणी गरे ।

सरकारले आयातमा कोटा (परिमाणात्मक बन्देज) लगाएपछि चिनीको मूल्य लगातार बढीरहेको छ । बढी चिनी खपत हुने दशैं, तिहार, छठ जस्ता चाडपर्वको मुखमा मूल्यवृद्धि हुँदा पनि बजार अनुगमन नभएको भन्दै संसद्को लेखा समितिले गत असोज १५ मा बजारमा चुस्त अनुगमन गरी चिनीको मूल्य प्रतिकेजी ६३ रुपैँया भन्दा माथि जान नदिन तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसलगत्तै मन्त्री यादवले पत्रकार सम्मेलन गरी चिनीको मूल्य सुपथ मूल्य पसलमा ७३ रुपैँया प्रतिकेजीमा बिक्री गरिने जानकारी गराए । अहिले बजारमा ८० रुपैँया प्रतिकेजीमा चिनी बिक्री भैरहेको छ । सरकारले स्वदेशी चिनी उद्योगको संरक्षणका लागि भन्दै यस आर्थिक वर्षमा एक लाख टन मात्र चिनी आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाएको छ । परिमाणात्मक बन्देज लगाउनुअघि चिनी ६३ रुपैँयादेखि ६५ रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको थियो । सोही आधारमा लेखा समितिले सरकारलाई निर्देशन दिएको हो । आयात गरिएको चिनी सस्तोमा आयात भएपनि अहिले बजारभाउ उच्च हुँदा आयातकर्ताले शक्ति निकायलाई प्रभावमा पारेर चिनीको मूल्य मनपरी बढाएको सार्वजनिक रुपमा टीकाटिप्पणी भैरहेको छ ।

मन्त्री यादवले भने विगत देखि नै सरकारको काममा बिना कुनै आधार र प्रमाण संसदीय समिति र न्यायलयले भाँजो हाल्ने गरेको भन्दै उनीहरुसँग पनि आफू लड्न तयार रहेको अभिव्यक्ति दिदैं आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x