Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कुलमान घिसिङलाई बेस्ट पर्सनालिटि अवार्ड

कुलमान घिसिङलाई बेस्ट पर्सनालिटि अवार्ड

काठमाडौं, २१ असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’बाट सम्मानित गरिएको छ । इमेज ग्रुप अफ कम्पनीजले प्रदान गर्ने इमेज अवार्डको २०औं संस्करणमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

उनी प्राधिकरणको कार्यकारी बनेर आएपछि जनहितमा अत्यन्त महत्व्पूर्ण काम भएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।

प्राधिकरणकै ११ तहका कर्मचारी घिसिङ खुला प्रतिस्पर्धाबाट २०७३ भदौमा कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसको दुई महिनपछिबाट उनले काठमाडौंलाई लोडसेडिङमुक्त बनाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x