Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्राधिकरणद्वारा चारवटा एकीकृत बस्ती विकासको योजना स्विकृत

प्राधिकरणद्वारा चारवटा एकीकृत बस्ती विकासको योजना स्विकृत

काठमाडौं, २२ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुम्पपछिको पुनर्निर्माणका क्रममा ४ वटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुंगा जिल्लाको मलेखु गाउँपालिका– ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका– ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x