Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सहस्राब्दी विकास लक्ष्य हाँसिल गर्न तीनै तहको सरकार लाग्नुपर्नेमा जोड

सहस्राब्दी विकास लक्ष्य हाँसिल गर्न तीनै तहको सरकार लाग्नुपर्नेमा जोड

प्रदिप पौडेल
पोखरा, २२ असोज । सहस्राब्दी विकास लक्ष्य हाँसिलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको आवधिक योजना, मध्यकालीन खर्च संरचना र वार्षिक विकासका लागि एउटै नीति बनाउन पोखरामा प्रदेशस्तरीय कार्यशाला सुरु भएको छ । राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा बजेट भए पनि खर्च गर्न नसकेको बताए । उनले बजेट कार्यान्वयन गर्न ऐन कार्यविधि र कर्मचारी नहुँदा सरकार गठन भएको झण्डै सात महिना पूरा हुँदा सम्म विकासको कामले गति नलिएको बताए ।

त्यस्तै राष्ट्रिय योगना आयोगका सचिव लक्ष्मण अर्यालले विकासको दीर्घकालीन सोच नभएकोले अब बन्ने योजना पूर्ण योजना बन्ने बताए । अबको योजना विगतका जस्ता नहुने विश्वास दिलाउँदै उनले नजितालाई सुनिश्चित गर्ने र गुणस्तर कायम गरी आमजनताको जीवनस्तर परिवतृन गर्ने खालको हुने उनले बताए ।

नेपालमा सन् २०१३ सालदेखि आवधिक योजना सुरु भएको जानकारी दिँदै उनले सन् २०३० सम्म लक्ष्य हाँसिल गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको एउटै विकास योजना सहित अघि बढ्नुपर्ने बताए । सो लक्ष्य पूरा गर्न सात वटै प्रदेशमा केन्द्र सरकारले एउटै योजनासाथ प्रदेश अनुगमन तथा मूल्यांकनको मस्यौदा प्रस्तुत गरेको छ । नेपालमा हाल १४ औं योजना लागू छ । त्रिवर्षीय सो योजनाको चालु आव अन्तिम वर्ष हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x