Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा ६ अंकको बृद्धि

सेयर बजारमा ६ अंकको बृद्धि

काठमाडौं, २२ असोज । सेयर बजारमा आज केही सुधार आएको छ । साताको पहिलो कारोबार दिन हिजो १३ अंकले घटेको बजार आज भने ६.१६ अंकले बढेर १२२०.५२ बिन्दुमा उक्लिएको छ ।

आज कारोबारमा आएका मध्ये जिवनबीमा समूहको परिसूचक ४.७१ र अन्य समूहको परिसूचक ३.९५ अंकले घटेको छ । तर अरु सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी होटल समूहको परिसुचक ४८.४३ अंकले बढेको छ। त्यस्तै विकास बैंक ११.८७, बैंकिङ ७.६१, उतपदन तथा प्रशोधन १३.५६ र निर्जीवन बीमा समूहको परिसूचक ३०.५ अंकले बढेको छ।

सो दिन सबैभन्दा धेरै सेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ । सबैभन्दा धेरै नडेप लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन् भने धेरै गुमाउनेमा मञ्जुश्री फाइनान्सका लगानीकर्ता रहेका छन् । एक सय ६३ कम्पनीको ३७ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x