Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

पर्यटक आगमनमा भारी वृद्धि, गत वर्षको भन्दा २०% पर्यटक बढे

पर्यटक आगमनमा भारी वृद्धि, गत वर्षको भन्दा २०% पर्यटक बढे

काठमाडौं, २३ असोज । सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपाल आउने पर्यटकहरुको संख्या उल्लेख्य बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०१८ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म गत वर्षको तुलनामा २० प्रतिशतले पर्यटकको आगमन वृद्धि भई कुल सात लाख ७२ हजार सात सय ९८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो वर्ष दश लाख पर्यटक नेपाल आउने अपेक्षा गरिएको छ । यो वर्ष सबैभन्दा धेरै पर्यटक सेप्टेम्बर महिनामा नेपाल आएका छन् । सेप्टेम्बर महिनामा मात्रै ९१ हजार आठ सय २० पर्यटक नेपाल आएका छन् । गत वर्ष सेप्टेम्बर महिनामा ६८ हजार छ सय ३४ पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर महिनामा मात्र पर्यटकको आगमनमा झण्डै ३४ प्रतिशतको वृद्धि देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x