अमेरिकी अर्थशास्त्रीद्वयलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं, २३ असोज । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय विलियम नोर्डहाउस र पल रोमरलाई संयुक्तरुपमा प्राप्त गरेका छन् ।

नोबेल पुरस्कार छनौट तथा वितरण समितिले यो वर्षको ‘इकोनोमिक साइन्स’ विधामा अमेरिकी उनिहरुलाई प्रदान गरेको जनाएको छ ।
अमेरिकामा न्यू मेक्सिकोमा सन् १९४१ मा जन्मिएका नोर्डहाउसलाई ‘इन्टिग्रेटिङ क्लाइमेट चेन्ज इन टु लङ रन म्याक्रोइकोनोमिक एनालिसिस’ शीर्षकमा गरिएको अनुसन्धानका लागि यो पुरस्कार प्रदान गरिएको छ ।

यस्तै १९५५ मा जन्मिएका रोमर ‘इन्टिग्रेसन टेक्नोलोजिकल इनोभेसन इन टु लङ र म्याक्रोइकोनोमिक एनालिसिस’ शीर्षकको अध्ययनका लागि यो पुरस्कार दिइएको समितिले जनाएको छ ।

यो वर्ष इनोभेसन, क्लाइमेट र इकोनोमिक ग्रोथलाई केन्द्रमा राखेर पुरस्कार छनौट गरिएको नोबेल समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *