पुल निर्माण ठेक्का सम्झौता अबधि अगावै सम्पन्न

काठमाण्डौ, २३ असोज । सिन्धुली मरिन खोलाको पुल ठेक्का सम्झौता भएको समय अगाडी नै निमार्ण सम्पन्न भएको छ । अहिले मुलुकमा निमार्णाधीन विभिन्न परियोजनाहरु समयमा नै निमार्ण नभएको गुनासो आईरहेको अवस्थामा पुल निमार्णको ठेक्का पाएको रसुवा कन्सट्रक्सन कम्पनीले निमार्ण सम्पन्न गर्ने सम्झौता अघि नै काम सकेको छ ।

कम्पनी सिन्धुली कै कमला र रातु नदिमा निर्माणाधिन पुल पनि ठेक्का सम्झौता अबधि भन्दा झण्डै डेढ बर्ष अघिनै निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्दैछ । कमला खोलामा निर्माण गरिएको पुल गत श्रावण महिनाबाट संञ्चालनमा आई सकेको छ भने रातु पुल दशैं लगतै संञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ । यी दुबै पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट तिहार लगतै हुने कार्यक्रम छ भने मरिन खोलाको पुलको भने गत महिना पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

झण्डै ४५ बर्ष अघि देखि निर्माण व्यवसायमा संलग्न रसुवा कन्सट्रक्सन कंम्पनीको मुख्य उदेश्य नै निर्धारित समय भित्रै गुणस्तरिय निर्माण सम्पन्न गर्नु रहेको कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्यले बताएका छन् । कम्पनी संञ्चालकहरुको प्रत्यक्ष निगरानीमा निर्माण कार्य अगाडी बढाईरहेकाले पनि रसुवा कन्सट्रक्सनको काम गुणस्तरिय र समयमै सम्पन्न हुने गरेको सडक विभागका अधिकारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *