Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

नेपालमा पहिलो पटक अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म

नेपालमा पहिलो पटक अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म

काठमाडौं, २३ असोज । नेपालमा नै पहिलो पटक अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म स्थापना हुने भएको छ । साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच पु¥याउने उद्देश्यले सक्षमसंगको सहकार्यमा एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडले अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म तयार पारेको हो ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा सक्षम र एफवान सफ्ट इन्टरनेशनलबीच पटक अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म स्थापना गर्न साझेदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ। जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् ।

व्यक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसन मार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त हुने विश्वास सक्षमको रहेको छ ।
सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेशनल नेपालमा हाल चार सय जनाले काम गरिरहेका छन् । सक्षम युके एडको वित्तीय लगानीमा सञ्चालित वित्तीय पहुँच सम्वन्धी कार्यक्रम हो । डिफिड नेपालका लागि यो कार्यक्रम लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x