बाँकेमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा

काठमाडौं, २५ असोज । एनआईसी एशिया बैंकले २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

योसँगै मुलुकभर बैंकको कुला शाखा कार्यालय संख्या २ सय ६१ पुगेको छ। एटिएम, २ सय ५३ र एक्सटेन्सन काउण्टर २५ र शाखा रहित बैंकिङ्ग ईकाई १८ वटा पुगेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६४ अर्ब तथा कर्जा रू. १सय ३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *