Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा झन्डै १० अंकको सुधार

सेयर बजारमा झन्डै १० अंकको सुधार

काठमाडौं, २५ असोज । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सुधार देखिएको छ। हिजो झिनो अंकले बढेको बजार आज ९.९५ अंकले बढेर १२२८.२८ विन्दुमा पुगेको छ ।

त्यस्तै कारोबार भने १ सय ६५ कम्पनीको २५ करोड २२ लाख रुपैयाँ बराबरको भएको छ ।

आज होटल र उत्पादनमूलक समूह घटेको छ भने अरु सबै समूहमा बढेको छ। होटल ३५.३८ र उत्पादनमूलक १२.४३ अंकले घटेको छ । बैंकिङ १२.२७, विकास बैंक ११.८८, जलश्रोत १.९४, वित्तीय ५.७६, निर्जीवन बीमा ४८.४३, अन्य समूह ५.३२ र जीवन बीमा समूह ७.७७ अंकले बढेको छ ।

यसैगरी, युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने पञ्चकन्यामाई हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x