आइक्यानमा कानुनी र संगठनात्मक सुधारको खाचो छ : महालेखापरीक्षक शर्मा
काठमाडौं, २७ असोज । महालेखापरीक्षक टंकमणी शर्मा, दंगालले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को कानुनी तथा संगठनात्मक सुधारको आवश्यकता रहेको बताएका छन् । महालेखापरीक्षक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पदाधिकारीहरु बीच संस्था स्थापनाको उदेश्य र कामहरुको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले आइक्यानबाट भएका कामले नेपाल सरकारलाई गर्ने प्रतिवेदन प्रणाली, पार्षदहरुको उत्तरदायित्व र जवाफदेहिता पालना, नियमनकारी भूमिकामा देखिएको समस्या, लेखापरीक्षक सदस्यको कार्य सम्पादन स्थिति र त्यसको गुणस्तर तथा विश्वसनीयता लगायतका कुराहरुमा सुधार गर्न निर्देशन दिए ।
यसका साथै संस्थाको कार्य सम्पादन र नियमनकारी भूमिकामा देखिएको समस्या प्रति चासो व्यक्त गदै उनले तत्काल नतिजामूखी सुधारको खाँचो औल्याए ।