दशैंका लागि उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिदै, २० लाख भन्दा बढी बाहिरिने अनुमान

काठमाडौं, २७ असोज । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको चहलपहल सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । ट्राफिक प्रहरीका अनुसार, घटस्थापना यता दैनिक औसत एक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

प्रहरीका अनुसार दशैंमा उपत्यकाबाट २० लाख यात्रु बाहिरने गर्छन । असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार, २६ गते १ लाख यात्रु विभिन्न नाका हुदै काठमाडौंबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *