हिमालयन डिस्ट्रिलरीको शेयर कारोबार रोक्का

काठमाडौं, ७ मंसिर । नेपाल स्टक एक्सचेन्जले हिमालयन डिस्ट्रिलरी लिमिटेडको शेयर कारोबार आज विहिबार रोक्का गरेको छ । नेप्सेका अनुसार सोधपुछका लागि कम्पनीको शेयर कारोबार रोक्का गरिएको बताइएको छ ।

हिमालयन डिस्ट्रिलरीले मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभामार्फत कम्पनीले शेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । तर कम्पनीले लाभाश वितरणको सुचना नेप्सेलाई दिन विलम्व गरिएको कारण कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *