Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मिरमिरेले दिने भयो ३०.८ प्रतिशत बोनस

मिरमिरेले दिने भयो ३०.८ प्रतिशत बोनस

काठमाडौं ७ मंसिर । मिरमिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई ३०.८० प्रतिशत बोनस शेयर दिने भएको छ । मंसिर ६ गते बसेको बैंकको संचालक समितिको ११९औं बठैकले शेयरधनीहरुलाई उक्त बोनस शेयर दिने निर्णय गरेको हो । उक्त निर्णयको सचुना बैंकले नेप्सेले मंसिर ७ गते गराएको छ ।

बैंकले प्रस्ताव गरेको ३०.८० प्रतिशतको बोनस शेयरको स्विकृतिको लागि राष्ट्र बैंक पठाइएको छ । राष्ट्र बैंक बोनस शेयर स्विकृति पछि बैंकको आमागी वार्षिक साधारण सभामा उक्त बोनस शेयर जारी गर्ने प्रस्तावलाई पारित गरिने छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस शेयर वितरण गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x