युनाईटेड मोदि हाइड्रोपावरको नगद लाभांश

काठमाडौं, ७ मंसिर । युनाईटेड मोदी हाइड्रोपावरले शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको आज मंसिर ७ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको छ । जुन निर्णयको सुचना कम्पनीले नेप्सेलाई आज नै दिएको छ ।

कम्पनीले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाको ५ प्रतिशत अर्थात ५ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । कम्पनीले उक्त लाभांश वितरणका लागि स्विकृति पाए पछि आगामी वार्षिक साधारण सभामा पारित गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *