साना किसानको २५ र रिलायन्सको ४५ प्रतिशत, आज किने सुरक्षित
काठमाडौं, ७ मंसिर । रिलायन्स फाइनान्सको ४५ प्रतिशत हकप्रद र साना किसान विकास बैंकको २५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । भोलि मंसिर ८ गते दुवै कम्पनीहरुको शेयर दर्ता पुस्तिका बन्द हुनेछ ।
रिलायन्स फाइनान्सले मंसिर २२ गते देखी ४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ हजार ६६ लाख ५७१.६० कित्ता हकप्रद शेयर बिक्री गर्दैछ । फाइनान्सको हकप्रद शेयर जारी पछि चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५२ करोड २५ लाख रुपैयाँ रहेको छ ।
यस्तै साना किसान विकास बैंकको १६औं वार्षिक साधारण सभा मंसिर २९ गते बोलाइएको छ । बैंकको बुक क्लोज मंसिर ८ देखी २९ गतेसम्म रहेको छ । बैंकले साधारण सभामार्फत शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्नेछ । २५ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ५० करोड ३० लाख रुपैयाँबाट बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुग्ने छ ।