Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

सुनको भाउ २ सयले घट्यो, ६० हजार २ सयमा कारोबार

सुनको भाउ २ सयले घट्यो, ६० हजार २ सयमा कारोबार
काठमाडौं, ९ कात्तिक । नेपाली बजारमा सुनको भाउ १ बर्षयताकै सबै भन्दा महंगो भएको छ । १ बर्षयताकै सबै भन्दा बढी महंगौ भएता पनि बिहिबारको तुलनामा भने सुनको भाउमा प्रतितोला २ सय रुपैयाको गिरावट आएको छ । बिहिबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार भने ६० हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरि बुधबार र बिहिबार प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा पनि ५ रुपैयाँको गिरावट भएको छ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
दशैं, तिहार जस्ता चाडपर्वको समयमा  सुनको माग अत्याधिक बढ्ने गर्दछ । यो समय अन्य समयको भन्दा दोब्बर सुनका गहनाको माग हुने सुनचाँदी व्यवसायीहरु बताउदछन् । तर यही बेला भाउ बढ्दा बिक्री घट्ने व्यवसायीहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x