Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

१६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगिता कात्तिक २८ देखि

१६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगिता कात्तिक २८ देखि

काठमाडौं, ९ कात्तिक । हस्तकलाको आन्तरिक बजार विकास र निर्यात ब्यापार प्रवद्र्धन गर्ने उदेश्यले नेपाल हस्तकला महासंघले १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । मेला कात्र्तिक २८ देखि मंसिर २ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुने महासंघले जनाएको छ ।

उक्त ब्यापार मेलामा एकै छाना मुनि काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान,पश्मिना, हाते कागजका सामान, छाला जुत्ता तथा छाला जन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा विक्रीका लागि राखिने महासंघले जनाएको छ ।

हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात हुने गरेको छ। संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x