Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भोजपुरमा एनआसी एशिया बैंकको नयाँ शाखा

भोजपुरमा एनआसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकले सबै स्थानिय तहमा बैंकिङ्ग पहुँच पु¥याउने उद्धेश्यले भोजपुरको दिङ्गलामा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा सहित बैंकको मुलुकभर २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेको छ ।

त्यस्तै, बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ६७ अर्ब तथा कर्जा रू. १ सय ३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x