Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आँखुखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, सबैले पाए १० कित्ता, अधिकतम २० कित्ता

आँखुखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड, सबैले पाए १० कित्ता, अधिकतम २० कित्ता

काठमाडौं, ११ कात्तिक । आँखुखोला हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सीटीसी मल सुन्धारामा एक कार्यक्रमबीच आइपीओ बाँडफाँट गरिएको हो । यस आइपीओमा ८३ हजार ३१६ जना आवेदकले १० कित्ताका दरले ८ लाख ३३ हजार १६० कित्ता सेयर हात पारेका छन् ।

त्यसपछि फेरि बाँकी रहेको ४ लाख ७४ हजार कित्ता सेयर पुनः १० कित्ताका दरले बाँडफाँट गरिएको छ । जस अनुसार ४७ हजार ४०० जना आवेदकले २० कित्ताका दरले आइपीओ पाएका छन्। न्यूनतम १० कित्ता सबैलाई र अधिकतम पाउनेले २० कित्तासम्म सेयर पाएका हुन् । कुल ३५ हजार ९१६ जनाले १० कित्ता सेयर पाएका हुन् ।

यता, कर्मचारीका लागि छुट्याइएको २७ हजार ५२० कित्ता सेयरमा भने जम्मा ५ जना कर्मचारीले ५९ कित्ताका लागि मात्र आवेदन दिएका छन् । कर्मचारीलाई छुट्याएर बाँकी रहेको २७ हजार ४६१ कित्ता पनि सर्वसाधारणलाई बाँडिएको हो । आइपीओमा ६१ जना आवेदकको आवेदन रद्द भएको छ ।

यस आइपीओमा माग भन्दा ४.४३ गुणा बढी हो । आँखुखोलाले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो । आँखुखोलाले जारी पुँजीको १५५ आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसअघि आँखुखोलाले गत साउन १७ गतेदेखि भदौ १५ गतेसम्म धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बेचेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८.४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x