Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, ११ कात्तिक । साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजार १३.६२ अकले घटेर १,२२७.४९ बिन्दुमा झरेको छ।

यस दिन होटल बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । होटल समुहको परिसुचक ०.११ अकंले मात्र बढेको छ । त्यस्तै सबैभन्दा बढी गिरावट भने नीर्जिवन बीमा समूहमा आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ७९.७३ अकंले घटेको छ।

१ सय ६० कम्पनी ३२ करोड भन्दाको बढी सेयर कारोबार भएकोमा सबैभन्दा बढी सेयर कारोबार ग्लोवल आईएमइ बैंकको कारोबार भएको छ । सबै भन्दा बढी नेपाल सेवा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् भने सबै भन्दा बढी आईएमई जनरल इन्सोरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावको प्रभाव सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x