Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल र मलेसियाबीच श्रम समझदारी, नेपाली कामदारलाई बिनाशुल्क मलेसिया जाने बाटो खुल्यो

नेपाल र मलेसियाबीच श्रम समझदारी, नेपाली कामदारलाई बिनाशुल्क मलेसिया जाने बाटो खुल्यो

काठमाडौं, १२ कात्तिक । नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मलेसियासँग नेपाल सरकारले श्रम समझदारी गरेको छ । समझदारीपत्रमा आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरानले हस्ताक्षर गरे ।

योसँगै नेपाली कामदारलाई बिनाशुल्क मलेशसया जाने ढोका खुलेको छ । दुई मुलुकबीच भएको सझदारीमा भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिनको तलव बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

यस्तै कामदारको बिमा पनि मलेसियाको श्रम कानूनमा व्यवस्था भएअनुसार नै हुने उल्लेख गरिएको छ । कार्यस्थलमा दुर्घटना भए पीडितलाई तत्कालै क्षतिपूर्ति र शल्यक्रिया तथा उपचारको छुट्टै बिमा प्याकेज उपलव्ध गराइने समेत सम्झौतामा उल्लेख छ । रोजगार दाताका कारण समस्या भए कामदारले अर्को कम्पनीमा काम गर्न पाउने समेत सम्झौता गरिएको छ।

हस्ताक्षर पछि मन्त्री बिष्टले मेलेशसयासँगको श्रम समझदारी नेपाली कामदारको सुरक्षाका लािग कोशे ढुङ्गा सावित भएको बताए । यसअघि विभिन्न आर्थिक भार थपिँदा नेपाली कामदारले दुख पाएको गुनासो बढेपछि सरकारले मलेसियामा गत जेठदेखि नयाँ कामदार पठाउन रोकेको थियो । सरकारी तथ्यांक अनुसार मलेसियामा करिव ४ लाख मजदुर कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x