Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिभिल बैंक सातौं वर्षमा

सिभिल बैंक सातौं वर्षमा

काठमाडौं, १० मंसिर । सिभिल बैंक लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेशको अवसरमा बैंकले बृद्धाश्रममा कम्वल वितरणका साथै महिनाब्यापी रुपमा देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्ने, देशका विभिन्न स्थानहरुबाट जेहेन्दार गरिब विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति तथा रक्तदान कार्यक्रमहरुको पनि आयोजना गर्ने जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा ११ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । सिभिल बैंक लिमिटेडले मंसिर २२ देखी पौष २७ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर जारी गर्दैछ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्बको चुक्ता पुँजी पुग्ने बैंकलाई ७५ करोड रुपैयाँको आवश्यक पर्दछ जसलाई बैंकले बोनस शेयर मार्फत पुँजीकरण गर्ने जनाइएको छ ।

यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप ५ शाखा सहित बैंकको कुल शाखा संख्या ५८ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x