Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जलविद्युत विकासमा बुटवल पावर कम्पनीले ३ चिनियाँ लगानी ल्याउँदै

जलविद्युत विकासमा बुटवल पावर कम्पनीले ३ चिनियाँ लगानी ल्याउँदै

काठमाडौं, १० मंसिर । बुटवल पावर कम्पनीले मुलुकको जलविद्युत क्षेत्रको विकासका लागि चिनियाँ कम्पनीहरुसंग साझेदारी गरेको छ । कम्पनीले जलविद्युतमा लगानी बढाउन ३ चिनियाँ कम्पनीहरुसंग साझेदारी गरेको हो ।

यस कम्पनीले जलविद्युत क्षेत्रको विकासको लागि एससिआइजी ईन्टरनेशनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी नामक नयाँ कम्पनी दर्ता गरेको छ । नयाँ दर्ता गरिएको कम्पनीको पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । जसमा एससिआइजीको २० प्रतिशत, सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनीको ५१ प्रतिशत, चेन्दु सिचेक इन्भेष्टमेन्ट ग्रुप कम्पनीको १७ प्रतिशत र क्युङयुआन इन्जिनेरिङ्क कन्सलट्यान्ट कम्पनीको १२ प्रतिशत शेयर हिस्सा रहेको छ ।

बुटवल पावर कम्पनीले मंसिर ६ गते उक्त कम्पनी दर्ता गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x