Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

दोहोरो अंकले बढेर १५१४.३४ विन्दुमा पुग्यो शेयर बजारमा

दोहोरो अंकले बढेर १५१४.३४ विन्दुमा पुग्यो शेयर बजारमा

काठमाडौं, १० मंसिर । आइतबार दोहोरो अंकले शेयर बजार बढेको छ । शेयर बजारको परिसुचक २१.०५ अंकले बढेर १५१४.३४ विन्दुमा पुगेको छ ।

आइतबार समग्र शेयर बजार १.४१ प्रतिशतले बढेको छ । यस्तै सेन्सिटिभ इन्डेसमा समेत सुधार आएर ४.७२ अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकमामा भने कमी आएको छ । गत विहिबारको तुलनामा आज आइतबार कारोबार रकम घटेको छ । आइतबार १५५ कम्पनीहरुको १६ लाख ७४ हजार १९६ कित्ता शेयरको किनबेचबाट ५९ करोड ४ लाख ४४ हजार ९११ रुपैयाँको कारोबार भएको छ ।

गत दुई हप्ता यता शेयर बजारमा तिव्र उतारचढाप देखिएको छ । अहिले शेयर बजारमा शेयर बजारमा अल्पकालिन लगानी र प्रतिफल सुरक्षित गरेर वाहिरीने प्रवितृ देखिएको छ । यसरी अल्पकालिन कारोबारका कारण साना तथा मझौला शेयर लगानीकर्ताहरु अन्यौलामा परेको बताइएको छ । यहि अन्यौलताका कारण साना तथा मझौला लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेका छन् । अल्पकालिन लगानी र कारोबारको प्रभावले नै अहिले शेयर बजारमा उतारचढाप आएको हो । कार्तिक महिनाको शुरुवात देखी नै तिव्र रुपमा घटिरहेको बजारमा कार्तिक मसान्तमा आएर एक्कासी बढ्नु र फेरी घट्नुले शेयर बजारमा अल्पकालिन कारोबारीहरुको हावी बढेको बुझिएको छ ।

आइतबार शेयर बजारमा १० वटै समुहगत परिसुचकहरुको कारोबार भएको छ । जसमध्ये व्यापार समुह ६.३४ अंकले घटेको भने अरु सबै समुहगत परिसुचकहरु सकारात्मक रहेका छन् । आज सवैभन्दा बढि वीमा समुहको परिसुचकमा वृद्धि भएको छ । वीमा समुह ८२.१२ अंकले बढेको छ । यस्ते जलविद्युत ६८.५, लघुवित्त २८.५२, विकास बैंक १८.९७, वाणिज्य बैंक १८.७, अन्य समुह १३.५९, उत्पादन ८.१८, वित्त कम्पनी २.७६ र होटल समुह १.४५ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x