Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

छठ पर्व सुरु

छठ पर्व सुरु

काठमाडौं, २५ कात्तिक । सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आज (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ । यसलाई नहाय–खाय पनि भनिन्छ ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x