जनरल इन्स्योरेन्स र लुम्बिनी बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता
काठमाडौं, २५ कात्तिक । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी बिकास बैंक लिमिटेड बिच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच सोमबार आयोजित एक कार्यक्रममा सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौता पत्रमा बैङ्कका प्रमुखकार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका हुन् ।