Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अनलाईन कारोबारको सकारात्मक प्रभाव देखिएन सेयर बजारमा, सोमबार पनि दोहोरो अंकको गिरावट

अनलाईन कारोबारको सकारात्मक प्रभाव देखिएन सेयर बजारमा, सोमबार पनि दोहोरो अंकको गिरावट

काठमाडौं, २६ कात्तिक । पछिल्लो समय क्रमश ओरालो लागेको सेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार १३.०३ अंकले घटेर ११९२.७५ को बिन्दुमा बन्द भयो ।

सोमबार फाइनान्स समूहको परिसूचक ०.४२ अंकले बढेपनि बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै नीर्जिवन बीमा समूहको परिसूचक १०१.६१ अंकले तल झरेको छ । त्यस्तै जिवनबीमा समूहको परिसूचक पनि ९१.९१ अंक, माइक्रोफाइनन्स २२.९८ अंक, हाइड्रोपावर १८.७४ अंक र होटल समूहको परिसूचक ११.२१ अंकले तल झरेको छ ।

१ सय ३१ कम्पनीको १३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउने कम्पनीहरुको अग्रस्थानमा नविल इक्युटी फन्ड रहेको छ भने सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा अपी पावर कम्पनी लिमिटेड रहेको छ ।

पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारलाई थप विस्तारित गर्ने र लागनीकर्तालाई सहजता प्रदान गर्ने उद्धेश्यले अनलाईन कारोबार संचालन गरेपछि बजार सकारात्मक बाटोमा अगाडी बढ्ने आमलगानीकर्ताको अपेक्षा थियो । तर अनलाइन कारोबार संचालनको दिन केही सकारात्मक देखिएको बजार त्यसपछिका दिनमा भने पुन पुरानै गतिमा ओरालो लागिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *