प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई
काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का सदस्य समेत रहेको उनी यसअद्धि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकारको जिम्मेवारीमा थिए ।