Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘कोलम्बो प्रोसेस’को छैटौं बैठक हुँदै

‘कोलम्बो प्रोसेस’को छैटौं बैठक हुँदै

काठमाडौं, २७ कात्तिक , वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’को छैटौं बैठक कात्तिक २९ र ३० गते काठमाडौंमा हुने भएको छ । वैदेशिक रोजगारीमा जानेहरूको छनोटदेखि उनीहरूको क्षमता विकासमा समेत सहकार्य गरेर अघि बढ्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले सदस्य राष्ट्रहरूबीच वैदेशिक रोजगारबाट प्राप्त विपे्रषणको उपयोगबारे पनि बृहत् छलफल हुने बताए । कात्तिक २९ गते हुने उच्चअधिकारी स्तरीय बैठकले ३० गते हुने मन्त्रिस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णय गरिने विषयवस्तु सिफारिश गर्नेछ । सोही आधारमा मन्त्रिस्तरीय बैठकले आवश्यक निर्णयहरू लिने बताइएको छ ।

उच्च अधिकारीस्तरीय बैठकको अध्यक्षता मन्त्रालयका सचिव दहालले गर्नेछन् । मन्त्रिस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन् । नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा बैठकको अध्यक्षता गर्नेछ । अन्तरराष्ट्रिय आप्रावासन सङ्गठन (आईओएम)को समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रहरूबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र प्राप्त गर्ने उपलब्धिका विषयमा पनि बहस हुने मन्त्रालयले बताएको छ ।

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरूको साझा मञ्चका रूपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलङ्कामा भएको हो । कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x