Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

६ लाख सञ्चयकर्तालाई स्वास्थ्य बीमा सुविधा

६ लाख सञ्चयकर्तालाई स्वास्थ्य बीमा सुविधा

काठमाडौं २९, कात्तिक । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको छ । सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच बुधबार भएको समझदारीपछि सञ्चय कोषका सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको हो । दुई सरकारी कम्पनीबीच भएको सम्झौता तीन वर्षका लागि हो । कर्मचारी सञ्चय कोष र बीमा कम्पनीबीचको यो सम्झौताले ६ लाख सञ्चयकर्तालाई फाइदा पुग्नेछ ।

सम्झौतापछि सञ्चयकर्ताले घातक रोगका लागि १० लाखसम्म र अन्य औषधोपचार तथा सामान्य रोगका लागि एक लाख रुपैयाँसम्म पाउनेछन् । यसमा सञ्चयकर्ताले मूल्य अभिवृद्धि करबाहेक ४ सय २० रुपैयाँ प्रिमियम बुझाउनु पर्ने छ ।

आगामी मंसिर १ गतेदेखि लागू हुने योजनामा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बिमा कम्पनीका प्रमुख वीरबिक्रम रायमाझीले हस्ताक्षर गरेका छन् ।

गौतमका अनुसार यो स्कीम अन्तर्गत स्वदेश र विदेश दुबै ठाउँका अस्पतालमा उपचार गराएको उपचार खर्चको बिल अनिवार्य हुन्छ । यसरी विदेशमा उपचार गराउँदा सरकारी अस्पतालको सिफारिश अनिवार्य हुन्छ । सरकारले क्यान्सर, मृगौला फेल, स्ट्रोक, मुटुको भल्भ फेर्नुपर्ने, हृदयघात, अन्धोपना, कोमामा जाने अवस्था, ब्रेन ट्युमरलाई घातक रोगमा राखेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x