Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हस्तकला विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री खतिवडाको प्रतिवद्धता

हस्तकला विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री खतिवडाको प्रतिवद्धता

काठमाडौं, २८ कात्तिक ।१६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालको हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुएको छ । साथै अर्थमन्त्री खतिवडाले सबै स्थानियतहमा हस्तकला पशिक्षण केन्द्र खोल्न ७ वटै प्रदेश सरकारहरुलाई आग्रह गर्नु भयो । उद्घाटन समारोहमा मन्त्री खतिवडाले परम्परागत हस्तकलालाई भावी पुस्तामा हस्तान्तरण गर्नेको लागी सबै स्थानिय तहमा हस्तकला तालिम केन्द्रको स्थापना गर्न प्रदेश सरकारलाई आव्हान गर्नु भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उहाँको भनाई थियो ।

५ दिनसम्म चल्ने मेलामा करिव १ सय ७० वटा स्टल रहेका छन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिनु भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x