जनता बैंकको नाफा ३२ करोड १९ लाख रुपैयाँ

काठमाडौं, ३० कात्तिक , जनता बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९९.४८ प्रतिशतले बढी भएको बैंकले जनाएको छ ।
वितरण योग्य नाफा भने २५ करोड ५९ लाख रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीमा ५५.८२ प्रतिशत र सञ्चालन नाफा ९९.४८ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै बैंकको निक्षेप संकलन ६२ अर्ब ८८ करोड रुपैयाँ र कर्जा ५८ अर्ब ४५ करोड रुपैयाँ प्रवाह गरेको छ । हाल जनता बैकको चुक्ता ८ अर्ब ७ लाख रुपैयाँ रहेको छ ।