एनसीसी बैंकको नाफामा ८६ प्रतिशतले बृद्धि

काठमाडौं, ३० कात्तिक । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यो अवधिमा भन्दा नाफा रकम ८६.५३ प्रतिशतले बढाएको हो ।
गत वर्ष एनसीसीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याँज आम्दानी १३२.४५५ ले बढेर ८० करोड ८० लाख रुपैयाँ पुगेको छ ।
यस्तै, सञ्चालन नाफा ८०.१९ प्रतिशतले बढेर ६१ करोड ३० रुपैयाँ पुगेको छ । यो अवधीमा बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।