Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नीजि क्षेत्रलाई सक्षम बनाएर मात्र दिगो विकास सम्भव

नीजि क्षेत्रलाई सक्षम बनाएर मात्र दिगो विकास सम्भव

काठमाडौं, १ मंसिर । नीजि क्षेत्रलाई सक्षम बनाएर मात्र नेपालले दीगो र फराकिलो आर्थिक विकास हाँसिल गर्न सक्ने विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमको संयुक्त अध्ययनले देखाएको छ। शुक्रबार सार्वजनिक गरिएको ‘नेपालको निजी क्षेत्रको समस्या निदान’ सम्बन्धी अध्ययन अनुसार पर्यटन, कृषि व्यावसाय, शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि क्षेत्रले आर्थिक विकासलाई नेतृत्व गर्ने उल्लेख छ ।

लगानी र उत्पादकत्व वृद्धिका लागि प्रतिस्पर्धी क्षमता सुधार अपरिहार्य रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। पछिल्लो २० वर्षमा नेपालको आर्थिक वृद्धिदर वार्षिक औसत चार प्रतिशत रह्यो। जुन दक्षिण एसियाली औसतभन्दा न्यून हो। ठूलो संख्यामा नेपाली बाह्य देशमा काम गर्न जान्छन् र यसबाट प्राप्त हुने रेमिट्यान्स अर्थतन्त्रको २६ प्रतिशत छ। विश्वव्यापी आर्थिक अवस्थामा आउने परिवर्तनले रेमिट्यान्सको आप्रवाहमा उतारचढाव आउन सक्छ। प्रतिस्पर्धी क्षमता सुधार गरी उत्पादन क्षेत्रलाई मजबुत बनाउनुपर्नेमा अध्ययनले जोड दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x