Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुन उद्यमशीलताको खाचो

विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुन उद्यमशीलताको खाचो

काठमाडौं, ५ मंसिर । अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुनका लागि उद्यमशीलतालाई विशेष प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । ‘अल्पविकसित देशहरूको प्रतिवेदन– २०१८’ले उद्यमशीलताका लागि संरचनागत परिवर्तनलाई जोड दिँदै नेपालसहितका ४७ अल्पविकसित देशलाई ‘उद्यमशीलता’ विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।

व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंक्टाड)को नेपाल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा त्यस्तो सुझाव दिइएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । प्रतिवेदनले उद्यमशीलता, उत्पादन दक्षता र नयाँ आविष्कारका माध्यमबाट उच्च मूल्यअभिबृद्धि हुने क्रियाकलापउन्मुख कार्यक्रममा केन्द्रित हुनुपर्ने विषयमा जोड दिएको वाग्लेले बताए ।

युवा उद्यमी शिक्षित भट्टले उद्यमशीलतामा आउनका लागि संरचनागत परिर्वतन नै आवश्यक भएको बताए । नेपालमा उद्यमशीलताको संस्कार नभएको र प्रोत्साहन पनि नगरिएको तर्क उनको छ । त्यस्तै महिला उद्यमी आयुसी केसीले उद्यमशीलतालाई समाज तथा राज्यले नै प्रोत्साहन गर्न आवश्यक भएको बताइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x