Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन् २०२० मा २० लाख पर्यटक ल्याउने गरि काम गरिरहेका छौं : दिपकराज जोशी

सन् २०२० मा २० लाख पर्यटक ल्याउने गरि काम गरिरहेका छौं : दिपकराज जोशी

काठमाडौं, ५ मंसिर । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि पर्यटन मन्त्रालयसहित अन्य निकायहरु सक्रियताका साथ लागिरहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा पनि आकर्षित गर्ने योजना अघि सारिएको जानकारी पनि दिए ।

पर्यटनका लागि चाहिने पूर्वाधार निर्माणको लागि पनि सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएको उनको दावी थियो । पर्यटक बढाउन भैरहवा विमानस्थलको काम तीब्र पारिएको, त्रिभुवन विमानस्थलको धावनमार्ग फेर्ने काम अगाडि बढेको, विगतमा पर्यटन प्रवद्र्धनका लागि चलाईएका अभियान पनि सहयोगी रहेको, ‘डिजिटल–मार्केटिङ’लाई प्राथमिकता दिएको र विश्व प्रख्यात सेलिब्रेटीहरुलाई नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको जोशीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x