Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेयर बजारमा लागु गरिएको अनलाईन प्रणाली सुधार गर्न लगानीकर्ताको आग्रह

सेयर बजारमा लागु गरिएको अनलाईन प्रणाली सुधार गर्न लगानीकर्ताको आग्रह

काठमाडौं, ५ मंसिर । सेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुरु गरेको अनलाईन ट्रेडिङ प्रणालीमा १५ दिन बित्दासमेत कुनै सुधार आउन नसकेको भन्दै नेपाल पूँजीबजार लगानीकर्ता संघले ध्यानाकर्षण गराएको छ ।

नेपाली शेयर बजारको इतिहासमा कोशेढुङ्गाको रुपमा लिईएको अनलाईन ट्रेडिङले लाखौं लगानीकर्तालाई निराश बनाएको भन्दै संघले नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदलाई ज्ञापन पत्र बुझाएको छ । अनलाईन प्रणालीको सुधार गरी एक दुई दिनभित्रै लगानीकर्ताको हातमा अनलाईन कारोबार सुम्पिन लगानीकर्ताहले माग पनि गरेका छन् ।

सेयर बजारको अन्तरराष्ट्रिय इतिहासमा अनलाईन प्रणालीको सुरुवतपछि ६० प्रतिशतसम्म बजार बढेको अनुभवका आधारमा सेयरमा लगानी गरेका लगानीकर्ता नेप्सेको फितलो ब्यस्थापनबाट निराश बन्नु परेकोमा संघले आपत्ति जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x