Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपालमा बार्षिक ४८ लाख लिटर दुध उत्पादन, तर कुल उत्पादनको १५ प्रतिशत मात्र पुग्छ बजारमा

नेपालमा बार्षिक ४८ लाख लिटर दुध उत्पादन, तर कुल उत्पादनको १५ प्रतिशत मात्र पुग्छ बजारमा

काठमाडौं, ५ मंसिर । दुग्ध व्यवसायीहरुका अनुसार नेपालमा दैनिक ४८ लाख लिटर दुध उत्पादन हुने गरेको छ । उत्पादित दुध मध्ये १५ प्रतिशत औपचारिक क्षेत्र, ३५ प्रतिशत अनौपचारिक क्षेत्र र ५० प्रतिशत किसान आफैले उपभोग गर्ने गरेका छन् ।

दुध खरिदका लागि मात्र दैनिक तीन करोड रुपैयाँ भन्दा बढी रकम शहरी क्षेत्रबाट ग्रामिण भेगमा जाने गरेको नेपाल डेरि एसोशिएसनका पूर्व अध्यक्ष सुमित केडिया बताउछन् । “अहिले कुल उत्पादित दुध मध्ये १५ प्रतिशत मात्र राष्ट्रिय दुग्ध संजालमा आएको छ – भने बाँकी ८५ प्रतिशत ग्रामिण क्षेत्रमा उपभोग हुने गरेको छ। यानिकी ८५ प्रतिशत दुधको बजारिकरण अझै हुन सकेको छैन ।” उनले भने । हाल चार लाख ५० हजार परिवार दुध उत्पादनका क्षेत्रमा आवद्ध छन् त्यसमा २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा दुग्ध उत्पादनको निकै ठुलो सम्भावना रहेको भएपनि यस क्षेत्रको विकासमा सरकार उदाशिन हुँदा सोचे अनुसारको लाभ लिन नसकेको केडियाले बताए । अझ पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा व्यवसायीक रुपमा गाई, भैसी पालन गर्नेहरुको संख्या बढ्दो छ । यस क्षेत्रमा राम्रो प्रतिफल देखेर आकर्षित भएको उनले बताए ।

दुध उत्पादनलाई थप प्रवद्र्धन गर्न सरकारले पनि किसानलाई अनुदान, बीमा लगायतका कार्यक्रम संचालन गरेको छ । तर यो प्रभावकारी बन्न नसकेको किसानहरुको गुनासो छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वास्थ्य व्यक्तिले प्रतिवर्ष ९१ लिटर दुध पिउनुपर्छ । तर नेपालमा औषतमा ७१ लिटर मात्र पिउने गरेको तथ्यंकले लेखाएको छ । यसले पनि दुधमा ठुलो सम्भावना रहेको प्रष्ट्याउछ ।

तर ग्रामिण भेगका किसानले भने उत्पादित दुधले बजार पाउन नसकेको गुनासो बारम्बार गर्ने गरेका छन् । बजार पाएकाहरुले पनि उचित मूल्य पाउन नसकेको भन्दै पटक पटक सडकमै दुध पोखेर आन्दोलन गर्ने गरेको पाइन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x