Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

विल्डिङ एण्ड कन्ष्ट्रक्सन एक्स्पो सुरु

विल्डिङ एण्ड कन्ष्ट्रक्सन एक्स्पो सुरु

काठमाडौं, ६ मंसिर । विल्डिङ एण्ड कन्ष्ट्रक्सन एक्स्पो २०१८ आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सुरक्षित र दीगो निर्माणका लागि प्राविधिक रूपान्तरण भन्ने मुख्य नाराका साथ सुरु भएको एक्स्पोको उद्घाटन शहरी विकास मन्त्री मोहम्मद इतियाक राईले गरे ।

नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले सुरु भएको एक्स्पो आगामी ९ गते सम्म सञ्चालन हुनेछ । दोस्रो पटक आयोजना गरिएको यस एक्स्पोको मुख्य आयोजक युथ कम्युनीटी फर नेप्लीज् कन्ट्राक्टर्स (वाइसीएनसी) रहेको छ ।

एक्स्पोमा भूकम्प प्रतिरोधी समाज, ईञ्जिनियर, ल्याब, व्यवसायीहरू एकै स्थानमा भएकोले अवलोकनकर्ताले धेरै फाइदा लिन सक्ने आयोजकले जानकारी दिएका छन् ।
मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेण्ट रहेको छ।

मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेण्ट्स्, इण्टेरियर डिजाइनर, सिमेण्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय सामग्री, बैङ्क तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतका स्टल  छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x